भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस
![]() |
श्रावण ११, २०७३ सप्तकोशी नदीमा पानीको बहाव यसबर्षकै उच्च भएपछि खतराको संकेत रातो बत्ती बालिएको छ । दश दिनयता लगातारको बर्षाको कारण कोशी नदीमा पानीको बहाव यो बर्षकै उच्च रेकर्ड भएको हो । विहान १० बजे नदीमा प्रतिसेकेण्ड २ लाख ६४ हजार सात सय घनफिट पानीको बहाव मापन गरिएको छ । कोशी ब्यारेजका ५६ मध्ये अहिले ३५ वटा ढोका खोलिएको छ । बिहान ५ बजे जलस्तर केही घटेपनि अहिले निरन्तर बढीरहेको कोशीब्यारेजको सुरक्षार्थ खटिएका सइ भीमराज थेवेले जानकारी दिनुभयो । निर्माणको समयमा नौ लाख ५० हजार घनफिट पानी नियन्त्रण गर्ने क्षमता भएपनि ब्यारेजको संरचना ५० बर्ष पुरानो र बालुवाले नदीको सतह उकासेका कारण अहिले सो को आधामात्र पानी नियन्त्रण गर्न सक्ने प्राविधिकले बताएका छन् ।
http://bit.ly/2a7Gz7H
भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस
![]() |
0 comments:
Post a Comment