बर्दियामा बन्दको क्रममा प्रदर्शनको तयारीमा रहेका दर्जन बढि सुकुम्बासी पक्राउ

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

साउन १० । विप्लब नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको बन्दको क्रममा बर्दियामा बिरोध प्रदर्शनको तयारी गरिरहेका एक दर्जन बढि सुकुम्बासीलाई नियन्त्रणमा लिएको छ ।
सरकारले सर्लाहीको सुकुम्बासी बस्तीमा डोजर लगाएर हस्तक्षेप गरेको बिरोधमा आयोजना गरिएको बन्दको क्रममा गुलरियाको तुलापुरस्थित जिल्ला कारगार चौकबाट प्रहरीले माओवादीको जिल्लास्तरीय नेता गणेश अर्याल सहित १४ जना सुकुम्बासीलाई नियन्त्रणमा लिएको हो ।
कार्यक्रमको तयारी गरिरहेका सुकुम्बासीलाई लाठी प्रहार गरि तितरबितर पारेको छ । सोही क्रममा गुलरिया २ संगमबस्तीका पूर्णबहादुर महतारा, अंगद परियार, लोकेन्द्र थापा, मानबहादुर फडेरा लगायतलाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी टिका बिक, कुशुम चौधरी, कपिल शाही, चित्रबहादुर विक, नरबहादुर गुरुङ, कल्चु थारु, चन्द्रबहादुर विक लगायतका सुकुम्बासीलाई नियन्त्रणमा लिएको पूर्णबहादुर महताराले बताए । ।
बन्दको क्रममा अप्रिय घटना हुन नदिन र शान्ति सुरक्षा कायम राख्नका लागि प्रदर्शनको तयारीमा रहेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको बर्दियाका प्रहरी नायव उपरिक्षक नेत्रमणि गिरीले बताए ।
यसैगरी हिजो बन्दको प्रचारका क्रममा हिंडेका माओवादी बर्दियाका सेक्रेटरी देवकला अधिकारी सहित  जिल्ला सदस्य जयबहादुर ठाडा, पार्टी  सदस्य बिरबहादुर परियार ,बिबेक पौडेल र शरद थापालाई पनि पक्राउ गरेको थियो ।

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

SHARE

About news khabar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment