साेमवारी मेला हेर्न गएका एक युबककाे कमला नदिमा बगेर मृत्यु, तीन बेपता

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

राम नारायण पंडित ।  सिरहा– कमला नदीको बाढीमा बगेर एक जनाको ज्यान गएको छ,भने तीन जना बेपता भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ज्यान जानेमा महात्तरी बर्दिवासका २१ वर्षिय मनोज योगी रहेका छन् । साउने सोमवारीको अबसरमा मेला हेर्न सिरहाको उत्तरायणी जाने क्रममा ४ जना युवाहरु धनुषाको चिसापानीबाट कमला नदी पार गर्ने क्रममा कमला नदिमा बगेको प्रहरीले जनाएको छ ।
बगेर आएका योगीको शव बन्दिपुरदेखि करिव ५ किलोमिटर उत्तरतर्फ कमला नदीको भंगालोमा फेला परेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो । बेपता हुनेमा महोत्तरी वर्दिवास १६ का १७ वर्षिय सुरज तामाङ, १६ वर्षिय धर्मराज बलम्पाकी मगर र गौशलाका १७ वर्षिय शिवशंकर ठाकुर रहेको प्रहरीले जनाएको छ ।
उनीहरुका आफन्तले आफ्ना छोराहरु अझै सम्पकर्मा नआएको भन्दै प्रहरीलाई खोजी दिन आग्रह गरेको जनाएको छ । प्रहरीले उनीहरुको खोजी कार्य गरिरहेको जनाएको छ । उनीहरु आफन्तको सम्पर्कमा पनि नआएको र शव पनि फेला नपरेको हुँदा उनीहरुको अझै खोजी भईरहेको बताईको छ । खोजी कार्यमा नेपाली प्रहरी, सशस्त्र प्रहरी र उनीहरुका आफन्तहरुपनि सक्रिय रहेको बताइएको छ । यता, शवको पोष्टमार्टमको लगि जिल्ला अस्पताल सिरहा पठाईएको छ ।

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

SHARE

About news khabar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment