भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस
![]() |
झापा,१० साउन । अविरल वर्षापछि आएको बाढीका कारण झापामा दुई जनाको मृत्यु, एक बेपत्ता र ९०० घरपरिवार विस्थापित भएका छन् ।नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार गोलधाप–८ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३६ वर्षीय टेकेन्द्र खड्काको मृत्यु भएको छ भने कुमरखोद–४ स्थायी बसोबास गर्दै आएका भारत घर भएका १८ वर्षीय कालु भनिने बाबुलाल मर्डीलाई माई खोलाले बगाएर बेपत्ता बनाएको छ ।
झापामा आज भने केही मात्रामा वर्षा रोकिएको छ । मैनाचुलीमा रहेको कनकाई जलमापन केन्द्रका अनुसार पछिल्लो २४ घन्टामा ९७.४० मिलिमिटर वर्षा मापन भएको छ । वर्षापछि आएको बाढीले विस्थापित हुनेहरुको विवरण सङ्कलन गर्ने काम भइरहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।
बाढीबाट हजारौँ मानिस प्रभावित भएको जनाइएको छ । विस्थापित भएकालाई राहत वितरण कार्य भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताएको छ ।
झापाका मेची, निन्दा, विरिङ, कनकाई, रतुवालगायतका नदीमा पानीको सतह बढेपछि धेरै घरपरिवार विस्थापित भएका हुन् । बाढीका कारण के कति आर्थिक क्षति भयो सोको विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी भुजेलले बताए । यहाँ सबैभन्दा बढी ९७.४० मिलिमिटर वर्षा भएको कनकाई वर्षा मापन केन्द्रबाट जानकारी प्राप्त भएको छ ।
भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस
![]() |
0 comments:
Post a Comment