भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस
![]() |
कायरो, १४ कात्तिक । इजिप्टका विभिन्न भूभागमा आएको व्यापक वर्षापछि नदीमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या शनिबार अठार पुगेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बर्षाका कारण शुक्रबार कम्तिमा १२ जनाको मृत्यु भएका मन्त्रालयले बताएको थियो । बाढीपछि बढेर आएको खहरे खोला तर्ने क्रममा एक बसलाई बगाउँदा शुक्रबार एकै ठाउँमा छ जनाको मृत्यु भएको थियो ।
बाढीका कारण नौ जनाको दक्षिणी सिनाइ प्रान्तको पूर्वी क्षेत्र रेडसी क्षेत्रमा भएको छ भने अन्य तीन जनाको मुलुकका विभिन्न स्थानमा मृत्यु भएको थियो । ब्यापक वर्षापछि इजिप्टका नदी तथा खोलाहरू उर्लेर आएपछि कतिपय नदी किनारामा रहेका बस्तीहरू डुबानमा परेका हुन् । इजिप्टमा शीतकालीन समय सुरु हुनुभन्दा पहिले पर्ने वर्षाका कारण हरेक वर्ष यहाँको जनजीवन नराम्ररी प्रभावित हुने गर्दछ । जसका कारण नदी किनारमा निर्माण भएका गरिब बस्तीमा बसोबास गर्ने दर्जनौं मानिसले डुबान तथा बाढीमा परी ज्यान गुमाउने गरेका छन् । एएफपी
भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस
![]() |
0 comments:
Post a Comment