कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक सोमबार बस्दैछ ।

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, ८ कात्तिक । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक सोमबार बस्दैछ । दुई दिनका लागि स्थगित भएर बस्न लागेको बैठकमा मुख्य गरी लोकमानसिंह कार्कीको महाअभियोगका विषयमा छलफल हुनेछ ।
संविधान संशोधन, स्थानीय निकायको पुनर्संरचनामा पार्टीको धारणा, पदाधिकारी नियुक्ती लगायत विषयमा छलफलका लागि बैठक बोलाइएको भएपनि लोकमानविरुद्ध संसदमा महाअभियोग दर्ता भएपछि यो छलफलको मुख्य विषय बनेको छ ।
कांग्रेसका धेरै युवा नेता महाअभियोग प्रस्तावलाई पारित गराउनुपर्ने पक्षमा खुलेर लागेका छन् भने शीर्ष नेताले थप छलफल गरेर मात्र धारणा बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।
सभापति शेरबहादुर देउवाले महाअभियोगका विषयमा जनमत अनुसार नै अघि बढ्ने तर यसमा पार्र्टीभित्र थप छलफल गरेर आधिकारिक धारणा बनाउने बताउँदै आउनुभएको छ । बैठकमा संविधान संशोधनका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

SHARE

About news khabar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment