हामीले गर्भमा राखेर जन्माएको पुरुषसँग किन प्रतिस्पर्धा गर्ने ?

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौँ / अहिले महिलाको मात्र कुरा उठिरहेका समय छ । यस्तो समयमा हामीले पुरुषहरुलाई पनि उचित न्याय दिनुपर्दछ । महिलाले अत्यन्तै अत्याचार गरेको पुरुष पनि मैले यहि समाजमा देखेको छु । त्यो पुरुषको वकालत गर्ने कि नगर्ने ? उसलाई न्याय दिने कि नदिने?अहिलेको परिप्रेक्ष्यमा महिलाको मात्र आवाज उठिरहेको अवस्थामा तपाईं हाम्रै दाजुभाई, वुवा छोराहरुलाई पनि अन्याय परेको छ कि ? यसतर्फ पनि सोच्नु आवश्यक छ ।
नेपाली महिला पनि क्रमसः आत्मनिर्भर बन्दैं गएका छन । चलचित्र सुटिङका क्रममा विभिन्न गाउँमा पुग्दासहरको महिलाको भन्दा गाउँको महिलामा बढी आत्मनिर्भरता देखेको छु ।पछिल्लो समयमा तिज भड्किलो बन्दै गएको छ । मेरी आमाले मनाएको तिज मैले देखेकी छु, उनले भनिन, ‘मैले बनाएको तिज पनि मेरा छोराछोरीले देख्नुपर्छ ।’
म पुरुषहरुलाई पनि सम्मान दिन पछि पर्दिन । आफ्नी आमाले बुवाको खुट्टाको पानी खादा रमाइलो लाग्छ तर बुवाले आमाको खुट्टाको खादा असहज हुन्छ । तर, अहिले त्यसमा परिवर्तन भएको छ । भाउजुको खुट्टाको पानी दाइले खादा असहज नलाग्ने रहेछ ।मेरो बुझाइमा महिलाको दुश्मन पुरुष होइनन । महिला र पुरुष दुबैलाई समान रुपमा अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता हो । ‘पुरुष हामीले गर्भमा राखेर जन्माएको जात हो । हामीले पुरुषसँग किन प्रतिस्पर्धा गर्ने ?
देशमा पछिल्लो दश वर्षमा ब्यापक परिवर्तन आइसकेको छ । देशको उच्चतहमा महिलाहरु हुनुपर्ने आवाज आज साकार भएको बताइन । ‘राष्ट्रपति हुनुहुन्छ, सभामुख हुनुहुन्छ, प्रधानन्यायाधीस हुनुहुन्छ,। मेनका थापाजस्ता छोरीहरु देशमा प्रशस्त मात्रामा हुने यसले समाजमा चाडै परिवर्तन आउँछ ।अबका दिनमा महिलाहरु हेपिएर, दबिएर बस्ने जमाना ८० प्रतिशत हटिसकेको छ ।  एस काठमाडौंबाट 

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

SHARE

About news khabar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment