चीन र ताइवानमा आँधीबाट आठको मृत्यु, कैयौ बेपत्ता

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

एजेन्सी । दक्षिणपूर्वी चीन र ताइवानमा आएको शक्तिशाली आँधीबाट आठ व्यक्तिको मृत्यु भएको छ ।  
चीनको नागरिक मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार फुजिआन प्रान्तमा आएको ‘मेरान्टी’ नामक आँधीबाट सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य नौ जना वेपत्ता भएका छन् । सोही आँधीबाट ताइवानमा पनि एक व्यक्तिको मृत्यु भएको ताइवानी आधिकारीले जानकारी दिएका छन् । चिनियाँ अधिकारीका अनुसार मेरान्टीका कारण तीन करोड ३० लाख व्यक्ति विस्थापित भएका छन् । त्यसैगरी यस आँधीको कारण एक हजार छ सय घर ध्वस्त भएका छन् । राज्यद्वारा सञ्चालित सञ्चार माध्यमका अनुसार यस आँधीको कारण तटीय सहर सिआमेनमा विद्युतीय लाइन र सडक सवारी साधनहरु ध्वस्त भएको छ ।
ताइवानी सञ्चार माध्यमका अनुसार यस आँधीबाट दक्षिणी ताइवानमा बाढीको प्रकोप जारी रहेको छ । ताइवानमा शुक्रबार अवेर रातिबाट ‘मालाकास्’ नामक अर्को आँधी आउने पनि अनुमान गरिएको छ ।

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

SHARE

About news khabar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment