प्रचण्डविरुद्ध भारतमा पर्‍यो ज्यान मारेको उजुरी, मुखर्जी र मोदीलाई दबाब

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस



काठमाडौं, ३१ भदौ । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नेपालका माओवादी पीडितहरुले कर्तव्य ज्यान मुद्दाको अभियोगमा कारवाही गर्न भारत सरकारसँग माग गरेका छन् । प्रचण्ड दिल्ली पुगेकै दिन बिहीबार (हिजो) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नौ पृष्ठ लामो ज्ञापन बुझाउँदै नेपालको माओवादी पीडित राष्ट्रिय संघर्ष समिति काठमाडौंले ‘१७ हजार नेपाली जनताका हत्यारालाई किन स्वागत गरेको’ भन्दै प्रश्न गरेको भारतको समाचार संस्था यूनीवार्ताले जनाएको छ ।

भारतका प्रधानमन्त्री मोदीसँगै संघर्ष समितिले राष्ट्रपति प्रणव मुखर्जीलाई पनि ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा ‘नेपालमा १७ हजार जनता मार्ने नाइके प्रचण्ड भएको’ भन्दै स्वागत हैन् कारवाहीका लागि पहल गरिदिन आग्रह गरिएको छ । साथै, संघर्ष समितिले प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालत हेग जाने पनि बताएको छ । विज्ञप्तिमा भनिएको छ- ‘हाम्रा माग सम्बोधनका लागि पहल गरिदिन भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गर्दछौं । न्याय पाउन हामीहरु हेग जान पनि तयार छौं । भारतबाट पनि पहल हुनेछ ।’ माओवादी पीडितहरुले आफ्ना परिवारलाई एकमुष्ट मुआब्जा र शरणार्थी प्रमाणपत्र दिन समेत माग गरेका छन् । समितिले मोदीलाई ११ सुत्रिय माग राख्दै ज्ञापन बुझाएको समाचारमा उल्लेख छ ।

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

SHARE

About news khabar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment