बाढीले मोरङ मधुमल्लाका चार घर बगायो

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

मोरङको मधुमल्ला ४ धप्पर टोलमा रहेको घर बगाउँदै नुनसरी बक्राहा खोलामा आएको बाढी । तस्बिर: किशोर बुढाथोकी
विराटनगरः बक्राहा खोलामा आएको बाढीले मोरङको मधुमल्ला ४ धप्पर टोलमा मंगलबार बिहान चार घर बगाएको छ ।

सोमबारबाट कटान सुरु गरेको बाढीले मंगलबार विहानसम्ममा चारवटै घर बगाएको हो । शेरबहादुर, सनबहादुर, चेतबहादुर र झगत मगरको घर बगाएको स्थानीय कमल मगरले जानकारी दिए । 

कटान सुरु गरेपछि घर धनीले घर भित्र रहेका सामान भने यस अघि नै निकालिसकेका थिए। बाढीले सुन्दर, शिव, दीपक, शुक्र, कालीबहादुर, गर्जमान मगर, मनबहादुर मिश्र, कोपिला खड्का, रमिला राई, ताराबीर खड्का र असोक गोलेको घर पनि कटान गर्न सुरु गरेका कारण सबैलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिसकिएको प्रहरीले जनाएको छ । 

त्यस्तै, अन्य २० बढी घर कटानको जोखिममा परेका छन् । सोही क्षेत्रमा यस अघि पनि खोलो पस्दा १५ परिवार विस्थापित बनेका थिए । नुनसरी बक्राहा खोला पस्दा मधुमल्ला ५ बेतेनी बस्तीबाट पनि ३५ घर विस्थापित भएका  थिए ।
यही खोलोले इलामको साकफारा १ मा पनि बस्ती कटान सुरु गरेको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक यदुकुमार खड्काले बताए। निरन्तर रुपमा वर्षा भइरहेकाले तत्काल मानीसलाई सुरक्षित स्थानमा सार्ने काम मात्र गर्न सकिएको र अन्य सर समान तथा बन्दोबस्तीका सामानलाई सुरक्षित स्थानमा सार्न समेत कठिनाई भइरहेको

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

SHARE

About news khabar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment