भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस
![]() |
एजेन्सी । वर्षमा एउटा सफल चलचित्र दिने अभियानका साथ लागेका बलीउड चर्चित अभिनेता सलमान खान यतिबेला नयाँ चलचित्र ट्यूबलाइटको छायांकनमा ब्यस्त छन् ।
निर्देशक कबीर खानद्धारा निर्देशित ुट्यूबलाइटुमा चिनिया नायिका छु छुसँग रोमान्स गरीरहेका सलमानले अहिले उनकै देशको विरुद्धमा बन्दुक उठाउँदैछन् चलचित्रमा ।
जुन घटना सन् १९६२ मा चीन र भारतले युद्धका रुपमा नै भोगेका थिए । त्यही घटनालाई फिल्मको मुख्य कथा बनाएको यूनिटले नायिका पनि चिनिया नै राखेको जनाएको छ ।
हाल लद्दाखमा छायांकन भइरहेको चलचित्रको तस्विरहरु निर्देशक खानले फेसबुकमा शेयर गरेपछि त्यसमा बन्दुक उठाउनेका नाइके सलमान पनि देखिएका छन् ।
जसलाई चलचित्रको फस्टलुकका रुपमा पनि हेरिएको छ । सन् २०१७ को इदमा रिलिज गर्ने तयारी गरिएको चलचित्रमा सलमान एक कर्मठ सेनाको रुपमा अभिनय गर्दैछन् ।
भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस
![]() |

0 comments:
Post a Comment